काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय कायम भएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला छापावाला सुन ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया