सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहिबार ऐतिहासिक रेकर्ड कायम गरेको छ ।  साताको अन्तिम दिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।

दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।  गत फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार गरेर त्यसबेलाकै सबैभन्दा उच्च कारोबारको रेकर्ड बनाएको थियो । 

आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

Recent Comments

No comments to show.