काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया