कोरोना विरुद्ध खोपको प्रभाव: अमेरिकी र युरोपली शेयरबजारमा उछाल

कोरोना विरुद्ध खोपको प्रभाव: अमेरिकी र युरोपली शेयरबजारमा उछाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि निर्माता कम्पनीले कोरोनाविरुद्धको खोप तयार भएको र त्यो खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको घोषणा गरेसँगै विश्वको सेयर बजारमा हलचल पैदा भएको छ ।

कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेको कम्पनी फाईजर इंकले खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताएपछि विश्वभरीको बजारमा वृद्धि देखिएको हो ।

अमेरिकी शेयर बजारमा सोमबार शुरुवाती समयमा ९.४३ प्रतिशले वृद्धि देखिएको थियो । बजार बन्द हुँदासम्म ५ प्रतिशतको वृद्धि २९,६३३ मा गएर बन्द भयो । गत फेब्रुअरी १२ मा अमेरिकी शेयर बजार डाउ जोन्स २९,५५१.४२को नयाँ रेकर्ड राखेको थियो । अमेरिकी शेयर बजार खुलेको आधा घण्टा पछि एसएन्डपी इन्डेक्स ५०० अंक ३ प्रतिशतले वृद्धि भएर ३,६१५.७१ अंकमा पुगेको छ

अमेरिकी एयरलाइन्स समूह इंक र कार्निवल कर्पोरेसनको शेयरहरू २२ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । स्टे एट होम होम कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंक र पायलटन इन्टरएक्टिव इन्कको शेयरहरू कम्तिमा १८ प्रतिशतले गिरावाट आएको छ । फाइजर शेयरमा ७ प्रतिशतको वृद्धि भएको छ ।

Recent Comments

No comments to show.