कोरोना बीमाको भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

कोरोना बीमाको भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्रै भुक्तानी दिने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार बीमा समितिबाट जारी गरिएको बीमालेखबमोजिम कोरोनाको बीमा दाबी भुक्तानी बीमितहरूको पिसिआर परीक्षण पोजिटिभ भएपछि प्रदान गरिने भुक्तानी एक सातामै गर्नुपर्नेछ।

यस्तै, बैठकले दाबी भुक्तानीको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालय पठाउनसमेत भनेको छ।

अर्थमन्त्री पौडेलले बीमितहरूले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

त्यसै गरी, पौडेलले सेवाग्राहीबाट आएको जनगुनासो तत्काल समाधानका लागि सबै बीमा कम्पनीहरूलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालनमा ल्याउनसमेत निर्देशन दिएका छन्।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेलगायतको उपस्थिति थियो।

Recent Comments

No comments to show.