माउन्टेन इनर्जी नेपालको ३९ लाख ३६ हजार कित्ता आईपीओ आउँदै

माउन्टेन इनर्जी नेपालको ३९ लाख ३६ हजार कित्ता आईपीओ आउँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपिओ कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने भएको छ ।

माउन्टेन इनजीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्तामध्ये पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

कम्पनीले कात्तिक २६ गते भने सबै सर्वसाधारणको लागि दोस्रो चरणको आईपीओ जारी गरेको हो। सम्पूर्ण सर्वसाधारणलाई भने जम्मा १८ लाख ३० हजार २६५ अर्थात् १८ करोड ३० लाख २६ हजार ५०० रुपैयाँबराबरको सेयरमा मात्र आवेदन दिन पाउनेछन्।

१९ लाख ६८ हजार २७ कित्तामध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ।

सो कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटललाई दिइएको छ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा सर्वसाधारणले कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था हुनेछ।

सो कम्पनीको आईपीओ रेटिङ भने ४ प्लस रहेको छ। कम्पनीको आईपीओको रेटिङ भने केयर रेटिङ नेपालले गरेको छ। सो रेटिङअनुसार कम्पनी कमजोर रहेको भन्ने बुझ्न सकिन्छ।

Recent Comments

No comments to show.