श्रीलङ्‍काको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत सङ्‍कुचन आउने प्रक्षेपण

श्रीलङ्‍काको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत सङ्‍कुचन आउने प्रक्षेपण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोम्बो। श्रीलङ्‍काको केन्द्रीय बैंक (सीबीएसएल) ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले सङ्‍कुचन आउने प्रक्षेपण आइतबार गरेको छ।

सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक सम्भावनालाई प्रस्तुत गरेको हो। उक्त प्रक्षेपणले सन् २०२० को कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतको सङ्‍कुचन आउने तर यो सन् २०२१ सम्ममा पाँच प्रतिशतले बढ्ने बताएको छ।

कोभिड-१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ।

प्रतिकूल अनुमानबीचमा सरकारले आफ्ना सबै सेवा दायित्वहरू पूरा गरेको छ जसमा अक्टोबर २०२० को सुरुमा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्धन (आईएसबी) को मिलावट समावेश छ।”

“स्थानीय र विश्वव्यापी रूपमा कोभिड-१९ नियन्त्रण गर्न लिएको सफलताको गति र आन्तरिक आर्थिक सुधारको परिमाण र आगामी अवधिमा पुनरुद्धार निर्धारण गर्न महत्त्वपूर्ण रहेको छ,” सीबीएसएलले बताएको छ। -रासस/सिन्ह्वा

Recent Comments

No comments to show.