सिद्धार्थ बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाईनबाट

सिद्धार्थ बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाईनबाट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाईनबाटै आवेदन दिन सकिने भएको छ ।

बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गते बिहिबारदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो ।

अब क्रेडिट कार्डका लागि ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछन् । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

Recent Comments

No comments to show.