केन्द्रीय समिति बैठक अघि देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

केन्द्रीय समिति बैठक अघि देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

कोरोना संक्रमणले अवरुद्ध बैठक ठीक एक महिनापछि पुनः बोलाइएको हो। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको बैठक डाकेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा समेत बैठकमा छलफल हुने सहमहान्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

एक सातापछि (२१ कात्तिक) डाकिएको केन्द्रीय समिति बैठक सौहाद्रपूर्ण बनाउन सोमबार शीर्ष नेताको  बैठक डाकिएको हो।

शीर्ष नेताको बेठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीहरुसँग पनि छलफल हुने बताइएको छ। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापतिबाट भएका विभाग गठनलगायतका विषयमा असन्तुष्टि जनाउँदै अघि सारेको मागबारे १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो।

त्यसलगत्तै राखिएको केन्द्रीय समिति बैठक भने केही सदस्यलाई कोरोना देखिएपछि स्थगित भयो। बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएकाले त्यसको तयारी वा कोरोना महामारीले पार्ने असर लगायतकाक विषयमा छलफल हुने संभावना छ।

Recent Comments

No comments to show.