काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया