प्रहरीले फिर्ता गर्‍याे सडक किनार भेटिएको एक लाख रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर । कैलालीकाे टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीले भेट्टाएका एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

बिहीबार दिउँसो साढे ४ बजे टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन्।

झोलाभित्र ९९ हजार ६४० रुपैयाँ, मोबाइल, एकजोर पाउजु र एटीएम कार्ड थिए।

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।