झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब बढी

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब बढी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । विहिबार नेप्से १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा कायम भएको छ ।

यसदिन १९२ कम्पनीको ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ३लाख ६५ हजार ६०७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ६ समूहको परिसूचक ओरालो लागेका छन् ।

जीवन बीमा कम्पनीको समूहको सूचकांकमा ३९ दशमबल ८९ अंकको वृद्धि देखियो भने बुधबार बैंकिङ समूहमा देखिएको वृद्धि आज टिक्न सकेन विहीबार बाणिज्य बैंक समूहमा ६ दशमबल २७ अंकको गिरावट आएको छ । त्यस्तै, सबैभन्दा बढी उत्पादन मूलक समूहमा ३४ दशमबल ८५ अंकको गिरावट आएको छ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ३९.८९ अंकले बढेको छ भने उत्पादनमूलक समूहको ३४.८५ अंकले घटेको छ ।

आज पनि लगानीकर्ता वाणिज्य बैंकहरुको सेयरमा झुम्मिएका छन् । धेरै कारोबार भएका १० कम्पनीमध्ये ९ वटा वाणिज्य बैंक रहेका छन् ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा प्रभु र एनएमबी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

Recent Comments

No comments to show.