काठमाडौँ। बाराको प्रसौनी गाउँपालिका–२ हनुमान मन्दिरनजिकै गए राति स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
वीरगञ्जबाट भलुहीतर्फ जाँदै गरेको ना ५३ प ३२६६ नम्बरको स्कुटर गए राति पौने १० बजे बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक बाराको फेटा गाउँपालिका–१ भरबलियाका अन्दाजी २६ वर्षीय अर्जुन पटेल र पछाडी सवार २५ वर्षका रुपेश पटेल घाइते भएका हुन्।
तराई अस्पताल वीरगञ्जमा घाइते दुवै जनाको उपचार भइरहेको छ। घाइतेमध्ये रुपेशको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ।
प्रतिक्रिया