काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितको बैठक बोलाएको छ।
२१ कात्तिक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रीय कार्यसमितको बैठक बोलाइएको हो।
यसअघि बोलाइएको बैठक ६ जना केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित गरिएको थियो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ।
प्रतिक्रिया