तिहार अघि कोरोना लक्षित राहत प्याकेज ल्याउँदै अर्थमन्त्री पौडेल

तिहार अघि कोरोना लक्षित राहत प्याकेज ल्याउँदै अर्थमन्त्री पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामारीबाट ग्रसित अर्थतन्त्र उकास्न अर्थमन्त्री विष्णु पौडेलले राहतका आर्थिक प्याकेज ल्याउने भएका छन् । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुन पुगी सिथिल अर्थतन्त्रलाई उकास्न पौडेलले आफु अर्थमन्त्री भएसँगै राहतका आर्थिक प्याने ल्याउन लागेका हुन् ।

आर्थिक गतिविधी चलायमान बनाई कोरोना ग्रसित अर्थतन्त्र उकास्न अर्थमन्त्री पौडेलले तिहार अघि नै राहतका आर्थिक प्याकेल ल्याउन लागेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘अर्थमन्त्रीज्यूले राहकका कार्यक्रम ल्याउन आफ्नो सचिवालयमार्फत सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव संकलन गर्न थाल्नु भएको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘सबैसँग सुझाव संकलन गरेपछि सम्भवत तिहार अघि नै कोरोनाबाट ग्रसित अर्थतन्त्र चलायमानुका साथै निजी क्षेत्रलाई राहत दिने आर्थिक प्याकेज ल्याउनु हुनेछ ।’ हाल अर्थमन्त्री पौडलेले आफ्नो सचिवालयका साथै अर्थमन्त्रालयकै अन्य कर्मचारीबाट पनि सुझाव संकलन गर्ने कार्य सुरु गरेका छन् ।

विषय विज्ञ मानिएका यस अघिका अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत कोरोना महामारीबाट ग्रसित अर्थतन्त्र उकास्नेगरी राहतका आर्थिक प्याकेज नल्याएको भन्दै निजी क्षेत्रबाट विरोध भएको थियो । त्यसपश्चात राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही राहतका प्याकेज ल्याएपनि हालसम्म कार्यान्वयन हुन नसक्दा निजी क्षेत्र आक्रोसित बन्न पुगेका छन् ।

तर नवनियुक्त अर्थमन्त्री पौडलेले आफुले कार्यभार सम्हालेसँगै कोरोनाबाट समस्यामा परेका निजी क्षेत्रका साथै समग्र अर्थतन्त्र चलायमान बनाउने गरी राहतका आर्थिक प्याकेज ल्याउने लागेले अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ । ‘अहिले कोरोनाले क्षेत्रगत रुपमा पारेको असरको अध्ययन गरी सोही अनुरुप राहतका प्याकेज ल्याउने विषयमा छलफल भएको छ,’ उक्त स्रोतले भन्यो, ‘तर विषय विज्ञबाट केकस्तो सुझाव आउँछ सोही अनुरुप राहतका आर्थिक प्याकेज ल्याईने छ ।’

हाल अर्थमन्त्री पौडलले आफ्नो आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन् भने प्रेस सल्लाहकारमा भुवन केसीलाई नियुक्त गरेका छन् ।

Recent Comments

No comments to show.