पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

अहिलेसम्म कोरोनाका कारण ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Recent Comments

No comments to show.