वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । उनमा मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

प्रसाई प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका प्रसाईका छोरा राजेशलाई पनि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । -रासस

Recent Comments

No comments to show.