काठमाडौं । पूर्वप्रधानमन्त्री एर्व जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफू र पत्नी यमीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। उनले कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्।
डा. भट्टराई र यमी होम आइसोलेसनमा बसेका छन्। उनीहरुको स्वासथ्य अवस्था सामान्य रहेको जनाएको छ।
डा. भट्टराईले आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया