काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ।
देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।
जसमध्ये ८२९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया