प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचकाे भेट आपत्तिजनक : नेता थापा

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचकाे भेट आपत्तिजनक : नेता थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कांग्रेस नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटमा आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भारतीय गुप्तचरसँग भेटघाट गर्नुले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका हुन् ।

उनले लेखेका छन, ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ। सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ। यसको अनुसन्धान हुनुपर्छ।’

Recent Comments

No comments to show.