काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधन दिउँसो ४ः२५ बजे नेपाल टेलिभिजन र प्रधानमन्त्रीको अफिसियल वेबसाइटबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया