दशैं शुरुभएको चार दिनमै ९१ हजार यात्रु उपत्यकाबाट बाहिरिए

दशैं शुरुभएको चार दिनमै ९१ हजार यात्रु उपत्यकाबाट बाहिरिए

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ ।

दशै शुरुभएसँगै काठमाडौं उपत्यकाबाट  बाहिरिने यात्रुको संख्या दिनदिनै बढिरहेको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार घटस्थापनाको दिनदेखि ४ दिनमै बाहिरिने यात्रुको संख्या धेरै रहेको छ ।

काठमाडौं उपत्यकाबाट  दैनिक २० हजारभन्दा बढिको संख्यामा यात्रुहरु  बाहिरिने गरेका छन् ।

तथ्यांक अनुसार कात्तिक १ गतेदेखि चार गतेसम्ममा ९१ हजार ५ जनाले उपत्यका छोडेका छन् ।

तथ्यांक अनुसार एकैदिन बढीमा २३ हजारसम्मले यात्रा गरेका छन् । जसमा सबैभन्दा बढी यात्रु कात्तिक  ३ गते बाहिरिएका छन् ।

त्यसदिन २३ हजार ८ सय ३६ यात्रु  बाहिरिएका छन् । १६ हजार ३ सय ४ जना भित्रिएका  छन् ।

उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो ।

सरकारले सार्वजनिक बसमा सिट क्षमताको अनुसार नै यात्रु राख्न र तोकिएको पुरानै भाडा  लिन पाउने गरी सार्वजनिक यातायात निर्देशन दिएको छ ।

यसअघि सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने व्यवस्था थियो ।

Recent Comments

No comments to show.