कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ ।

सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.