यी सात वर्गका नागरिकले कोरोना उपचार नि:शुल्क पाउने, कसले गर्नुपर्छ आफ्नै खर्चमा ?

यी सात वर्गका नागरिकले कोरोना उपचार नि:शुल्क पाउने, कसले गर्नुपर्छ आफ्नै खर्चमा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । सरकारले देशभर वर्ग र समूह निर्धारण गरेर मात्रै
निःशुल्क कोरोना भाइरसको परीक्षण र उपचार गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना
परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र
प्रयोगशालालाई पठाएको हो ।

मन्त्रालयले निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा
वर्गीकरण गरेको छ। आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको
सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निःशुल्क उपचार गर्ने भनिएको छ।

अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं
घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्नेछ।

अब, सरकारले तय गरेको नयाँ मापदण्ड भित्र नपर्नेले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने छैनन् ।

मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय,
एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको
निःशुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी
लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार
हुनेछ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस
पेस गर्नुपर्ने हुन्छ।

तर उल्लेखित आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने
सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।

हेर्नुहोस् पत्रको पूर्णपाठ :-


Recent Comments

No comments to show.