काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   काठमाडौंमा उपत्यकामा थप २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, सोमबार नेपालमा थप ३७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। संक्रमितमध्ये ९४ हजार ५०१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७५७ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २३३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।