कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन  मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ ।  

पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्न लागेको छ । 

धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । 

नयाँ मापदण्ड अनुसार  ‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नु पर्नेछ । 

यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो।साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ।

त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

Recent Comments

No comments to show.