दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस्

दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको छ ।

मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।

रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको माग उच्च भएपनि उत्पाद भने न्युन मात्रामा छ ।

खाद्य संस्थानले ल्याएका खसी–बोका तथा च्याङ्ग्रा सुपथ मूल्यमा विक्रि गरिरहेको छ । यता व्यवसायीहरुले भने संस्थानको भन्दा केहि महङ्गो मूल्यमा विक्री गर्छन् ।

नेपालका विभिन्न पहाडी जिल्ला तथा चितवन मकवानपुर लगायतका जिल्लाबाट व्यवसायीहरुले खुसी–बोका ल्याउने गरेका छन् । त्यस्तै च्याङ्ग्रा भने मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाबाट ल्याउने गरिएको छ । यसका साथै खसीबोका भारतको लखनउ, कर्नाटक लगायतका विभिन्न स्थानबाट समेत ल्याईने गरेको छ ।

दशैंमा प्राय सबैको घरमा खसी–बोका काट्ने चलन छ । गाउँघरमा आफ्नै घरमा पालेको खसी–बोका काट्ने गरिएपनि शहर बजारमा भने बाहिरबाट किनेर ल्याएको खसी–बोका काट्ने गरिन्छ ।

बाहिरबाट किनिएका खसीबोका कति स्वस्थ होलान ? त्यसैले खसी–बोका किन्दा स्वास्थ्य अवस्था तथा मोटाई लगायतका विषयमा ख्याल गर्नु बुद्धिमानी हुने पशुचिकित्सकहरुले बताएका छन् । अस्वस्थ खसीबोकाको मासु खानाले विभिन्न रोगी पशुबाट मानिसमा समेत जुनोटिक रोग सर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

सिंग हेरेर छान्नुस् खसी

चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ।

यस्ता खसी हानिकारक

चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्,’ ।

भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए/नभएको थाहा हुन्छ ।’

चिकित्सकहरुका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्य्राएका लगायत विशेषता भएका खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिती हुँदैन ।

Recent Comments

No comments to show.