कार्तिक १ गतेदेखि सार्वजनिक सवारीलाई पूरानै भाडादर कायम गर्न विभागको निर्देशन

कार्तिक १ गतेदेखि सार्वजनिक सवारीलाई पूरानै भाडादर कायम गर्न विभागको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्तिक १ गतेदेखि सार्वजनिक सवारीलाई पुरानो नै भाडादर कायम गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएकाे छ ।

प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न निर्देशन दिएकाे हो ।

विभागले विज्ञप्तिमार्फत यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

Recent Comments

No comments to show.