काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, शुक्रबार नेपालमा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३५२२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Recent Comments

No comments to show.