पछिल्लो २४ घण्टामा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमा थप  ४३९२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३९२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३५२२   जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Recent Comments

No comments to show.