कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीमा लक्षण देखिए क्‍वारेन्टिनमा बस्‍नुपर्ने

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीमा लक्षण देखिए क्‍वारेन्टिनमा बस्‍नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संक्रमितको उपचार गर्ने सबै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिए वा लक्षण मात्र देखिए पनि क्‍वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड-१९ का बिरामीहरुका उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धि मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो।

यसअघि स्वास्थ्यकर्मीहरु १५ दिन कोरोना संक्रमितको उपचारमा खटिएपछि १४ दिन होम आइसोलेसन वा अस्पतालको क्‍वारेन्टिन बस्‍ने गरेका थिए ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन ईकाईले सत्रै कोभिड अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडको लक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्नेर बस्ने व्यवस्था गर्नुपर्ने जनाएको छ।

Recent Comments

No comments to show.