राष्‍ट्रपतिबाट ‘विश्‍व हात धुने दिवस’ को शुभकामना

राष्‍ट्रपतिबाट ‘विश्‍व हात धुने दिवस’ को शुभकामना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य भएको बताएकी छिन्।

‘विश्व हात धुने दिवस’ को अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्सजस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गरेकी छन्।

कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको राष्‍ट्रपतिको शुभकामना सन्देशमा भनिउको छ।

राष्‍ट्रपति भण्डारीले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्थाले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको बताएकी छिन्।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ। यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

Recent Comments

No comments to show.