विष्णु दाहाल,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को नुवाकोट जिल्ला संयोजक हुन् । विगत दुई वर्ष अघि पूर्व एमाले र पूर्व माओवादीबीच पार्टी एकिकरणसँगै त्यसलाई समायोजन गर्ने क्रम अझै चलिरहेको छ ।
पार्टी एकताको दुई वर्ष पुरा हुँदै गर्दा नुवाकोट जिल्लामा पनि नेतृत्वको टुंगो लागेको थियो । पार्टीगत रुपमा भागबण्डाका आधारमा भातृ संगठन मध्ये विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेको भागमा परेको थियो । जस अनुसार एमालेको भातृ संस्था अखिलको अध्यक्ष रहेका दाहालले पुन: पार्टी एक भएपछि पनि संयुक्त रुपमा नुवाकोट जिल्लामा रहेर विद्यार्थी संगठनको नेतृत्व गर्ने अवसर पाएका छन् ।
नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं ६ माहादेवखर्कमा जन्मिएका अत्यन्त मिजासिला र सरल स्वभावका दाहाल र युवा जोश जाँगरकासाथ संगठनलाई हाँकिरहेका छन् । अध्यक्षको जिम्मेवारी सँगै जिल्ला कमिटिलाई पुर्णता दिने विषयमा लामै बहस भएको थियो ।
झण्डै एक वर्ष लामो आन्तरिक छलफलकाबीच केही दिन अघि दाहाल संयोजक र पूर्व माओवादी विद्यार्थी संगठनका अध्यक्ष सहसंयोजक रहेको कमिटिले जिल्ला कमिटिलाई पुर्णता दिएको थियो । केन्द्रीय कमिटिको निर्देशन र परिपत्र अनुसारको मापदण्डभित्र रहेर जिल्ला कमिटिको घोषणा गरिएको भनेपनि त्यो विवादरहित भने बन्न सकेन् ।
जिल्ला कमिटि घोषणा भएको एक साता नबित्दै अर्को समानान्तर कमिटि बनेपछि अखिलभित्रको विवाद सतहमा आएको छ । विवाद बाहिर आएपनि वर्तमान अध्यक्ष दाहाल भने यो सामान्य विवाद रहेको र केही दिन भित्रै समाधान हुने दावी गर्दछन् । युवा विद्यार्थीहरुका बीचमा लोकप्रिय, मिलनसार र आफ्नो अडानमा स्पष्टसँग अडिन सक्ने क्षमता विकास गर्दै आएका अध्यक्ष दाहालले अबको विवादलाई कसरी समाधान गर्दछन् त भन्ने लगायतका विषयमा गरिएको कुराकानी :-
समायोजनपछि पनि संगठनको नेतृत्व गर्ने अवसर पाउनु भएको छ ? यसलाई कसरी लिनुभएको छ ?
हाम्रो मातृ पार्टीको एकता सँगसँगै, भातृसंगठनहरुको पनि एकता हुने क्रममा साविकको अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) को दुई भिन्न नेतृत्व मध्ये एकले नेतृत्व गर्ने अवसर पाउनु स्वभाविक नै थियो,त्यसै क्रममा नुवाकोट जिल्लाको हकमा साविक अनेरास्ववियुले नेतृत्व गर्ने तय भए पश्चात् , तत्कालीन अनेरास्ववियुको अध्यक्षको नाताले मैले नेतृत्व गर्ने अबसर पाउने कुरा स्वभाविक नै हो। एकता पश्चातको नेतृत्व अवसर त हो र सगै चुनौतीहरु पनि छन । फरक बाटो हिडेकाहरु एउटै बाटो तय गर्दै मुख्य बिन्दुमा पु¥याउने कुरा सजिलो त छैन तर पनि पुगिन्छ भन्नेमा बिस्वस्त भएर अघि बढेको छ । मलाई विश्वास छ आम विद्यार्थी साथीहरुको सहयोगले म यो अभियानमा सफल हुनेछु ।
अनेरास्ववियुको जिल्ला कमिटीले पुर्णता नपाउँदै विवाद देखियो नि ?
ठुला दुई भिन्न संगठन एक हुने भन्ने कुरा आफैमा चुनौतीपूर्ण थियो तै पनि नेतृत्वले सुझबुझपुर्ण ढंगले यसलाई अगाडि बढायो र नुवाकोट जिल्ला कमिटीको हकमा मलाई संयोजक र साविक अखिल क्रान्तिकारीका सह सचिव क. विनोद कोईरालालाई सह संयोजक तोकि आवश्यक अधिकार सहित कमिटि टुङ्ग्याएर गतिविधि अघि बढाउन अखिल केन्द्रले गत २०७६ माघ ५ गते सर्कुलर जारी गरेको थियो । झण्डै आठ, नौ महिना लामो बहस छलफल र सहमति पश्चात् यो एकता प्रक्रिया अघि बढेको हो । यसप्रति केही साथीहरुको असन्तुष्टि छ भन्ने सुन्नमा आएता पनि खासै विवाद नै भन्नू पर्ने म देख्दिन । हामी सगै एउटै बाटो हिड्नुहुने साथीहरुप्रतीको माया र नेतृत्वको हिसाबले म सग नि छ तसर्थ साथीहरुको उचित ब्यबस्थापन गर्दै अघि बढ्छौ भन्नेमा म ढुक्क हुन सबैलाई हार्दिक अपिल गर्दछु ।
विवादको कारण तपाईहरुले पुराना साथीहरू समेटन् नसकेको भन्ने आरोप छ नि? साँच्चिकै पुराना साथीहरू पाखा लागेका हुन कि ,यसमा गुटबन्दीको प्रभाव हो ?
संगठनको आफ्नै वैधानिक व्यवस्था र प्रावधान हुन्छन् । अझै हामी लेनिनवादी संगठनात्मक सिद्धान्त अँगिकार गरेका विद्यार्थी संगठन । हामीले प्रचलित संगठनको विधि अन्तर्गत रहेर हदै सम्मको जनवादको अभ्यास गरि यो निर्णय लिएका हौँ । संगठन विधि अन्तर्गत चल्छ, विधि र पद्धति अन्तर्गत जादा व्यक्तिगत ईच्छा चहाना गौण हुन्छ । म आफू स्वयं परे पनि नपरेपनि त्यसलाई स्विकार्नुको विकल्प हुन्न । जहाँ सम्म छुट्नुहुने साथीहरुको सवाल छ उहाँहरुकै सल्लाहमै माथिल्लो कमिटिमा व्यवस्थापन गर्ने गरि नयाँ साथीहरूलाई ठाउँ दिईएको हो ।ंसंगठनको जिल्ला नेतृत्वमा म रहुन्जेल गुटबन्दीको कुनै गुञ्जायस छैन र हुनदिने छैन । पुराना छुटेका साथीहरुको लागि बागमती प्रदेश कमिटी,जिल्ला भित्र पनि संघीय निर्वाचन क्षेत्रिय समन्वय कमिटि,प्रदेश निर्वाचन समन्वय कमिटी र पालिका स्तरका कमिटीहरु मा उचित ब्यबस्थापन गर्छौ ।
अब कसरी समाधान हुन्छ त संगठन भित्रको यो विवाद ?
यसको उतर अघिल्लो प्रश्नमा आइसकेको जस्तो लाग्छ । संगठनमा तपाईले ईङ्कित गर्नखोज्नु भए जस्तो विवाद छैन् । विगतमा तल्ला कमिटिमा काम गरिरहेका साथीहरूले आफ्नो भुमिकालाई लिएर थोरै चिन्ता जाहेर गरेको म देख्छु जुन जायज छन् । र उहाँहरुको उक्त चिन्ता र चासो प्रति म आभारी छु । एकता प्रक्रिया टुङ्गिसकेका छैनन् उहाँहरुको व्यवस्थापनमा, संगठनको नेतृत्वको हिसाबले मेरो जिम्मेवारी हो जुन एकताको बाँकी काम टुङ्ग्याउदै जादा उहाँहरुको व्यवस्थापन हुन्छ ।
पार्टी एक भएको लामो समयपछि विद्यार्थी संगठनको समायोजन भयो तर भावनात्मक रुपमा त अझै एक हुन सकेको छैन नि ?
स्वभाविक हो,हामी दुई संगठन भिन्न दुई स्कुलिङ बाट आएका छौ । दुई भिन्न पृष्ठभूमिबाट आएको भएकाले हामी बिचको कार्यशैली देखि अनेक कुरामा भिन्नता देख्न सकिन्छ । तर भिन्नतालाई घटाउदै अझै उन्नत स्तरको एकता स्थापित गराउने कुरामा हामी अग्रसर छौ । सकारात्मक सोचाइका साथ भावनात्मक रुपमा अघि बढ्दा असम्भव भन्ने केही देख्दिन ।
पछिल्लो समय विद्यार्थी संगठनमा नेतृत्वबाट हुने गरेको हस्तक्षेपका ारण संगठन कमजोर हुँदै गएको गुनासो आउन थालेको छ,तपार्य के भन्नुहुन्छ ?
हस्तक्षेप नहोला त भन्न सक्दिन मान्नु नै पर्छ भन्ने छैन तर जुन तह र तप्कामा हुन्छ सोही नेतृत्वमा भर पर्छ भन्ने लाग्छ। निश्चयनै विगत केही बर्ष देखि हाम्रा सांगठनिक गतिविधिहरु ठप्प छन् । संगठन एकता प्रक्रियामा जादा के होला कसो होला अनेक कौतुहलता बिच हामी एकता प्रक्रियामा गयौं। संगठन एकीकृत नहुदा, गठन पुनर्गठन लगायत विद्यार्थी हक हितका एजेन्डा स्थापित गराउन खास भुमिका खेल्न सकिएन । अब हाम्रो पहिलो काम भनेको आम विद्यार्थीलाई संगठनमा गोलवन्द गर्दै, हक अधिकार संगसँगै शैक्षिक एजेन्डा स्थापित गराउनु हुनेछ।
संगठनले पुर्णता पाएको छ ,अब यसलाई कसरी परिचालित गर्ने योजना बनाउनु भएको छ ?
यसमा खास म त्यति समस्या देख्दिन,साविक अनेरास्ववियुको ११ औ महाधिवेशनबाट पारित “ राजनीतिक सामिप्यता र सांगठनिक स्वतन्त्रता “ मा सुत्रिकृत जुन सम्बन्ध छ । त्यसलाई पार्टी नेतृत्व र संगठन भित्रका नेतृत्वले व्यवहारमा उतारदिने हो भने यस किसिमका कुनै पनि गुनासाहरु आउने छैनन् । मातृ पार्टी नै सरकारमा हुदा गरिएको गलत निर्णय विरुद्ध सदैव अनेरास्ववियु आन्दोलनमा गएको छ । अब पनि जान्छ । हामी सजग छौ चुपो लागेर बस्ने छैनौं।
विद्यार्थी संगठनहरु पनि आम विद्यार्थीका मुद्दालाई भन्दा आफ्नो पार्टीको एजेण्डालाई बढी प्राथमिकता दिने गर्दछन् नि ?
यसमा भने आंशिक सत्यता छ । २०६२।०६३ को राजनैतिक क्रान्तिको सफलता पछि जुन किसिमले विद्यार्थी आन्दोलनले शैक्षिक एजेन्डा बोक्नु पर्ने हो त्यो बोक्न नसक्दा अलमल अवस्थामा सम्पुर्ण विध्यार्थी संगठनहरु पर्न गए । सडकमा ढुङ्गा हान्नु,टायर बाल्नु मात्र आन्दोलन हो कि भन्ने बुझाइ बिकसित हुन पुग्यो । जसको असर तपाईं हामी सबैले भोग्नुपरेको छ । अब रचनात्मक आन्दोलन मार्फत शैक्षिक एजेन्डाको उठानमा संगठनलाई केन्द्रीत बनाउन सकिन्छ भन्नेमा म विस्वस्त छु।
विद्यार्थी नेताको हिसाबले नेपालको वर्तमान शैक्षिक अवस्थालाई कसरी मुल्याङ्कन गर्नुभएको छ र यसमा कस्तो सुधारको आवश्यकता देख्नुहुन्छ ?
विगतको तुलनामा साक्षरता दरमा आएको वृद्धि ले हामी एक तह राम्रो हुँदै छौ भन्ने त देखाउछ । प्राविधिक शिक्षामा राज्यको ध्यान गएको त छ जुन प्रयाप्त छैन । शिक्षा नीति नै सुधार्दै बैज्ञानिक शिक्षा लागू गर्न नसक्दा उचित रोजगारको अवसर सृजना नहुदा देशलाई लगानी बराबरको नाफा नभईरहेको देखिन्छ । यसमा राज्यको र सम्बन्धित सबैको ध्यान जानू आवश्यक छ।
नुवाकोट जिल्लामा कस्तो छ अखिलको अवस्था ?
एकताको प्रक्रियाको ढिलाइले विगत तीन बर्ष देखि सांगठनिक गतिविधि नहुदा हाम्रो अवस्था अत्यन्तै राम्रो छ भन्न सकिन्न । अन्य संगठनको तुलनामा हामी अगाडी नै छौ,तर पनि यो हाम्रा लागि प्रयाप्त भने होइन । हामी यसबाट पाठ सिक्दै अघि बढछौ। अब संगठन सुतेको ठाउँमा उठाउछौ, उठेको ठाउँमा हिडाउछौ र हिडेको ठाउँमा दौडाउछौँ।
अन्त्यमा वर्तमान सरकार जनचाहना अनुसार अघि बढ्न नसकेको गुनासो आईरहदा तपाईं सत्तारूढ दलको कार्यकर्ता हुनुको नाताले के भन्नु हुन्छ ?
हेर्नुस सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार बन्दै गर्दा एउटा व्याटिङ्ग सरकारको लागि हुनुपर्ने जुन न्युनतम वातावरण थियो त्यो सम्म थिएन । जसले गर्दा यो सरकार कानुन निर्माण, संघीयताको कार्यान्वयन लगायत अनेक कुराको व्यवस्थापनमा व्यस्त रहनपुग्यो । यता जनताका प्राथमिकता भने, माथिका कानुन भन्दा पनि घर अगाडिको बाटो बन्छ कि बन्दैन, रोजगारी सृजना हुन्छ कि हुन्न भन्ने थियो । त्यसैले सरकारले गएको २ बर्षलाई आधार बर्ष घोषणा ग¥यो र लगभग सरकार सञ्चालनको न्युनतम आधारहरुको निर्माणसगै रेल मार्ग, सुरुङ मार्ग,द्रुत मार्ग जस्ता रास्ट्रिय गौरवको आयोजनाहरुलाई तिब्रता दिदै अब ३ बर्ष लाई समृद्धि उन्मुख बर्षहरुको रुपमा लिइरहेको छ । जुन सपना सम्माननिय प्रधानमन्त्रीले देख्नुभएको छ त्यो अबका केही बर्षमा नै पूरा भएको देख्न सकिन्छ । म एउटा युवा भएको नाताले सम्माननीय प्रधानमन्त्रीको नारा “समृद्ध नेपाल सुखि नेपाली“ निर्माणमा सम्पुर्ण युवाहरुलाई एकजुट हुन समेत आह्वान गर्दछु ।
प्रतिक्रिया