दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  राष्ट्र बैंकले  कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ ।

प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा उल्लेख गरेको छ । 

यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडा दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,”राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

हिन्दू नेपालीहरुको महत्वपूर्ण चाड दशैंको विशेषता भनेकै राम्रो लगाउने र मिठो खाने, ठूलावडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोटको कुरा हुन आउँछ ।

अघिल्ला वर्षहरुका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको थियो ।   गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो ।

Recent Comments

No comments to show.