कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

यस्तै, शुक्रबार नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक लाख ६ सय ७६ पुगेको छ। संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर  १६८० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Recent Comments

No comments to show.