राणा भन्छन् : ‘सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मुद्दाबाट जन आकांक्षा पूरा गर्छु’

राणा भन्छन् : ‘सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मुद्दाबाट जन आकांक्षा पूरा गर्छु’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मुद्दाबाट जन आकांक्षा पूरा गर्ने बताएका छन्।

राप्रपा (संयुक्त) र राप्रपा एकीकरण भएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको दल दर्तालाई निर्वाचन आयोगले बुधबार मान्यता प्रदान गरेको सन्दर्भमा उनले सो कुरा बताएका हुन्।

‘‘आमनागरिक, युवा, बुद्धिजीवि वर्गमा परिवर्तन सार्थक भएन भन्ने बोध व्यापक छ। अकर्मण्य राजनीतिक नेतृत्व, आत्मकेन्द्रित शासकीय रवैया र लुटका कारण देश ओरालो लाग्दो छ। परराष्ट्र नीति दिशाहीन छ,’’ राणाले बुधबार ट्वीट गर्दै भने, ‘‘एकताबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दर्बिलो प्रजातान्त्रिक विकल्प बन्ने जनअपेक्षा छ।’’

उनले राजसंस्थासहितको प्रजातन्त्रको चाहना टड्कारो रहेको बताएका छन्। ‘‘आजै मात्र निर्वाचन आयोगबाट राप्रपा दल दर्ताले मान्यता पाएको छ। सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र, सहमति र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्रको चाहना टड्कारो छ,’’ उनको भनाइ छ।

राप्रपा अध्यक्ष राणाले भने चुनाव चिन्ह ‘हलो’ र ‘गाई’ अकित झण्डा लिएर जनतामा जान कार्यकर्तालाई आग्रह गरेका छन्।

आजै मात्र निर्वाचन आयोगबाट राप्रपा दल दर्ताले मान्यता पाएको छ। सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र, सहमति र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्रको चाहना टड्कारो छ। चुनाव चिन्ह ‘हलो’ र ‘गाई’ अकित झण्डा लिएर जनतामा जाऔं। ढिला नगरौं, आम कार्यकर्ता साथीहरूलाई यही आह्वान छ।

— Pashupati Shumshere (@PashupatiShams) October 7, 2020

” target=”_blank”>

Recent Comments

No comments to show.