काठमाडौं। जोरबिजोर प्रणालीको उल्लंघन गर्ने १८५ सवारी साधन कारबाहीमा परेका छन् ।
आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १८५ सवारी साधनलाई आज बिहान होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा १५५ वटा दुई पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे रहेका छन्।
आज जोर गते जोर नम्बरका सवारीसाधन चलाउन चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ
प्रतिक्रिया