भारतबाट चामल किनेर खाने ‘टप फाइभ’ देश मध्ये नेपाल पहिलो नम्बरमा

भारतबाट चामल किनेर खाने ‘टप फाइभ’ देश मध्ये नेपाल पहिलो नम्बरमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् १९७० को दशकसम्म नेपालले भारततर्फ धान चामल निर्यात गर्थ्यो भन्ने कुरा अब मिथकमात्रै बन्न पुगेको छ । विगतमा सार्वजनिक संस्थानकै रूपमा धान–चामल निर्यात कम्पनी खुलेका थिए, जसले भारतका बंगाल, बिहार, राजस्थानलगायतका प्रान्तदेखि टर्कीसम्म चामल निर्यात गर्थे ।

अहिले नेपाल, भारतबाट चामल किनेर खाने ‘टप फाइभ’ गन्तव्यमध्ये एक बनेको छ । ‘प्रिमियम बासमती चामल’का बजारलाई अलग गर्ने हो भने नेपाल भारतीय चामलको पहिलो बजार बनेको त्यहाँको वाणिज्य विभागको विवरणले देखाएको छ ।

भारतीय आर्थिक वर्ष सन् २०१९/२० मा भारतले कुल ४ खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ भारुबराबरको चामल निर्यात गरेकोमा त्यसको करिब ४ प्रतिशत नेपालमा निर्यात भएको भारतीय वाणिज्य विभागको तथ्यांकले देखाएको छ ।

चामल निर्यातका प्रमुख १० ठूला बजारमध्ये नेपाल चौथो स्थानमा रहेको यो विवरणले देखाएको छ । भारतीय चामलका मुख्य बजारमा साउदी अरब, इरान, इराक, नेपाल, बेनिन, कुबेत, सोमालिया, गुनिया, कोट डे आइभरि र ओमन छन् । यद्यपि, भारतीय चामल उत्पादक संघले ‘गैर–बासमती चामल’को मुख्य बजारमध्ये बंगलादेश पनि भएको जनाएको छ ।

स्मरणीय के छ भने, भारतका प्रमुख चामल बजारहरूमध्ये नेपालबाहेक अधिकांश मरुभूमि भएका खाडी मुलुक र अफ्रिकी राष्ट्रहरू छन् ।

भारतीय वाणिज्य विभागका अनुसार सन् २०१९/२० मा भारतबाट नेपालले १७ अर्ब ८३ करोड २८ लाख भारु (२८ अर्ब ५३ करोड २५ लाख रुपैयाँ)बराबरको चामल आयात गरेकोमा चालू वर्ष २०२०–२१ को पहिलो चार महिनामा ६ अर्ब ७६ करोड ६९ लाख भारु (१० अर्ब ८२ करोड रुपैयाँ) बराबरको चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा भारतबाट २८ अर्ब ६७ करोड ७१ लाख रुपैयाँबराबरको धान–चामल (कनिकासहित) आयात भएकोमा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा नै ७ अर्ब ५२ रुपैयाँबराबरको धान–चामल भारतबाट आयात भएको देखिन्छ ।

नेपालमा चामल उत्पादन वृद्धि भइ ५५ लाख टन नाघे पनि प्रत्येक वर्ष औसत ३० देखि ३५ अर्ब रूपैयाँको चामल आयात हुने गरेको छ । केही कृषि विज्ञहरू भने नेपालमा उत्पादित मोटा चामल सस्तो मूल्यमा भारत जाने र उताबाट मेसिनले चिल्याएको चामल किनेर खाने प्रवृत्तिले चामल आयात बढेको तर्क गर्छन् ।

सीमावर्ति क्षेत्रमा स्थापित राइस मिलहरूले भारतबाट ल्याएको धान यता सामान्य ‘पोलिसिङ’ गरेर नेपाली चामलका नाममा बेच्ने गरेको जानकारहरू बताउँछन् । यसरी अनाैपचारिक माध्यमबाट आयात गरिएको धानकाे कुनै वास्तविक लेखा कतै देखिँदैन ।

यसैबीच, थाइल्यान्डको सुक्खा र भियतनाममा मेङकङ नदीमा कमजोर जल प्रवाहका कारण उत्पादनमा आएको कमीका कारण यस वर्ष भारतको चामल निर्यात करिब ४२ प्रतिशतले वृद्धि हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Recent Comments

No comments to show.