सेयर कारोबार गर्न चाहने नयाँ लगानीकर्तालाई साताव्यापी सचेतना कार्यक्रम, कुन दिन के कार्यक्रम ?

सेयर कारोबार गर्न चाहने नयाँ लगानीकर्तालाई साताव्यापी सचेतना कार्यक्रम, कुन दिन के कार्यक्रम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाउन शुरु गरेको छ ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (इस्को)को आह्वानमा बोर्डले लगानीकर्ता सप्ताहको कार्यक्रम आयोजना गरेको हो। धितोपत्र बोर्ड इस्कोको एसोसिएट सदस्य हो।

एक सातासम्म चल्ल्ने साताव्यापी सचेतना कार्यक्रमलाई प्रथामिकता दिँदै बोर्डले असोज २१ गतेदेखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर विश्व लगानीकर्ता सप्ताह मनाउन लागेको हो ।

कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गरेर डिजिटल माध्यमबाट कार्यक्रम गर्ने धितोपत्र बोर्डले जनाएको छ ।

सप्ताहको पहिलो दिन असोज २१ गते बोर्डले रेडियो नेपालबाट धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रसारण भएको छ ।

विश्व लगानीकर्ता सप्ताह असोज १९ गतेदेखि नै सुरु भएको पनि बोर्डले जनाएको छ । कार्यक्रममा छरिएर रहेको पुँजी कम लागत तथा सर्वसुलभ रूपमा उत्पादनशील क्षेत्रमा परिचालनका लागि केके भइरहेको छ र धितोपत्र बजार कसरी सुरु भएको हो भन्ने जानकारी पनि दिइने छ।

त्यस्तै धितोपत्र निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण (फ्री प्राइसिङ)का लागि बुक बिल्डिङ पद्धतिबाट सार्वजनिक निष्कासन गर्न सक्ने गरी जारी गरेको निर्देशिकाबारे जानकारी दिने र योग्य लगानीकर्ताको सूची पनि निकाल्ने कार्यक्रम राखेको छ।

के–के छन् कार्यक्रम ?

असोज २१ विहान ७ः२५-७ः५५ बजे : धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामूलक विषेश कार्यक्रम रेडियो नेपालबाट प्रशारण गर्ने।

असोज २२ अपरान्ह ३ः००-५ः३० बजेः धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका लागि बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्काशन गर्न सक्ने गरी निर्देशिका जारी गरेको र योग्य लगानीकर्ताको सूची पनि तयारीको अन्तिम चरणमा रहेको पृष्ठभूमिमा “लगानीकर्ताहरुमा छरिएर रहेको पुँजी कम लागत तथा सर्वसुलभ रुपमा उत्पादनशील क्षेत्रमा परिचालनको लागि धितोपत्र बजार” भन्ने मूल मर्मका साथ वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न अभिप्रेरित गर्ने र धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा संभाव्य निष्काशनकर्ता कम्पनीहरु तथा लगानीकर्ताहरुलाई थप स्पष्ट पार्न सम्बन्धित कम्पनीका उच्च व्यवस्थापन तथा लगानीकर्ताहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम जुममार्फत आयोजना गर्ने ।

असोज २३ अपरान्ह: १ः३०–५ः३० बजेः लगानीकर्ताको अधिकार, सुसूचित लगानी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाईन टेडिङ्गको उपयोगिता र प्रयोग, आस्वा, सिआस्वा, मेरा सेयरको उपयोगिता, क्रेडिट रेटिङ्गको महत्व तथा उपयोगिता लगायतका धितोपत्र बजार सम्बन्धी विषयवस्तुहरुमा बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सिडिएससी र क्रेडिट रेटिङ्ग संस्था तथा लगानीकर्ताहरुकोे सहभागितामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० र धितोपत्र बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेश गर्न र लगानीकर्ताले सूचिकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणालीको अनावरण गरी सञ्चालनमा ल्याउने।

असोज २४ अपरान्ह ३ः३०–३ः४५ बजेः लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक सामाग्री गोरखापत्र रष्ट्रिय दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशन गर्ने।

असोज २५ अपरान्ह ३ः३०–३ः४५ बजेः लगानीकर्तालाई सवलीकरण गर्दै उनीहरुको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिका सम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रसारण गर्ने।

Recent Comments

No comments to show.