कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले कोरोना भाइरसका कारण रोकिएका सबै तहका  परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय भएको छ ज्ञावलीले  भने। 

उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ।

Recent Comments

No comments to show.