एनआईसी एसिया बैंक र भीजी अटोमोबाइलबीच सम्झौता, दुई पांग्रे खरिदमा छुट

एनआईसी एसिया बैंक र भीजी अटोमोबाइलबीच सम्झौता, दुई पांग्रे खरिदमा छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट र फिर्ता दिने सहमति भएको छ।

बैंक र उक्त अटो कम्पनीबीच १२ हजार नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारी भएको हो।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजीको तर्फबाट उपमहाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेका हुन्।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले उक्त कम्पनीका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरे १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ। यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ।

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भीजीसँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ।

यस बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ। यसमार्फत उनीहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन्।

Recent Comments

No comments to show.