सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको ३० लाख कित्ता ‘८.५० प्रतिशत एसबीएल डिबेञ्चर २०८४’ निष्काशन गरेको हो ।

निष्काशिन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबरको) ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबरको) सर्वसाधारणका लागि छुट्याएको छ । जसमा ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

७ वर्षे अवधि ऋणपत्रमा बैंकले वार्षिक ८।५ प्रतिशतका दरले ब्याज दिनेछ । यो ऋणपत्रमा छिटोमा असोज २० गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असोज ३० गतेसम्म भर्न सकिनेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । यसमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिट  रहेको छ।

Recent Comments

No comments to show.