दोहोरो अंकले बढ्यो नेप्से, दुई अर्ब ८० करोड बढीको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, दुई अर्ब ८० करोड बढीको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । 

बिहिबार नेप्से २०.६१ अंकले बढेर १५७१.४ विन्दुमा कायम भएको हो। यसदिन १९३ कम्पनीको ९९ लाख ३० हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ८० करोड ७७  लाख ८ हजार १ सय ३७  रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएसँगै सेयर बजारमा उछाल आएको कतिपय लगानीकर्ताहरूको विश्लेषण छ ।

Recent Comments

No comments to show.