१०० ग्रुपका अंशु यादव र कविता खातीको नेतृत्वमा चेपाङ बस्तीमा राहत

१०० ग्रुपका अंशु यादव र कविता खातीको नेतृत्वमा चेपाङ बस्तीमा राहत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १०० ग्रुपका सञ्चालकद्धय अंशु यादव र कविता खातीको नेतृत्वमा

चितवनको चेपाङ बस्ती र धनुषा जनकपुरको सबैला नगरपालिकाको कोलमोरमा राहत वितरण गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको कविता खातीले बताईन् । उक्त कार्यक्रममा लगभग दुई सय ६० घर धुरि समेटिएको थियो । 

राहत वितरणमावाचुक रापत्यन लामा र सडुप लामा (गुरु) का साथै हाल अमेरिका बस्दै आएका समाजसेवी लीला गुरुङको संयुक्त प्रयास रहेको उनले बताइन् । 

समस्यामा परेका व्यक्तिहरुलाई चामाल, दाल, नुन, तेल, लत्ताकपडा वितरण गरिएको थियो। , ‘कोरोना भाईरसको मारमा दैनिक ज्यालादारी गरी खाने समुदायहरु लकडाउन तथा निषेधाज्ञा हटे पनि रोजी रोटी पाएको अवस्था छैन।’

‘हाम्रो उद्देश्य भनेको कोरोना कसैलाई नलागोस्, कोही नमरुन र भोकै कोही नबसुन भन्ने नै हो ग्रुपका संयोजक अंक्षु यादवले भने । 

त्यसैले खाना वा राहत वितरण गर्दा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने हो। स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। सबैले सचेत रहनु पर्छ। आफू बाँच्ने र अरुलाई पनि बचाउने कोसिसमा लागेको यादवले भने । १०० ग्रपले यसअघि बाढी पिडित सिन्धुपाल्चोक लगायत विभिन्न ठाउमा राहत वितरण गरको थियो । 

काठमाडौं बानेश्वरका अंशु यादव पनि अहिले खाना खुवाउने काममा सक्रिय छन् । उन र  उनको समूह समूह मिलेर अहिले रत्नपार्कमा दैनिक ७ सय जनालाई खाना खुवाउँछ । सुरुमा  उनिहरुको टोलीले काठमाडौंको पशुपतिबाट खाना वितरणको काम सुरु गरेका थिए । 

त्यसपछि रत्नपार्क, नयाँ बानेश्वर, नयाँ बसपार्क, कलंकी र जडीबुटी लगायतका ठाउँमा खुवाएका थिए ।  । अहिले भने रत्नपार्कमा मात्र खुवाउने  कार्यक्रम जारी रहेको छ । 

साथीहरुले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । देशका विभिन्न ठाउँ र विदेशबाट पनि सहयोग मिलेको अंशुले बताए ।

अंशु बिहान ७ बजेदेखि रातिसम्म यही काममा गाग्छन् । । भाँडा सफा गर्न मात्रै उहाँहरुलाई  डेढदेखि २ घण्टा लाग्छ । बाहिरको मानिसलाई ल्याउन परेको पनि छैन । टोल छिमेकीले नै सहयोग गर्दै आएका छन् । ज्याला मजदुरी गर्ने, अस्पतालमा कुरुवा बस्ने र आयआर्जन गुमाएकाहरुले निःशुल्क खान पाउँछन् ।

Recent Comments

No comments to show.