काठमाडौं । यशोदादेवी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टले जेष्ट नागरिक दिवशको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
ट्रष्टले नुवाकोटको विदुर नगरपालिका ५ देविघाटमा रहेको वृद्धा आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
डाः केदार नरसिंह के.सी. लगाएका समुह र यशोदादेवी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको आयोजनामा ,वृद्वाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगद्विश्वर नरसिंह केसीले बताए ।
निःशुल्क स्वास्थ्य शिविर जिल्ला सचिव शिब दाहाल, पुर्व मियर शिब प्रसाद गजुरेल,जिल्ला सदस्य बिन्दा अर्याल , काठमाडौं विदुर-सम्पर्क समितिका अध्यक्ष प्रदिप कुमार सेढाइ, ककनी- काठमाडौं सम्पर्क समितिका अध्यक्ष ऋषी कुमार तामाङ तथा जिल्ला नेता कार्यक्रताको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया