फौजीकीरा नियन्त्रणका लागि अण्डा संकलन

फौजीकीरा नियन्त्रणका लागि अण्डा संकलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ।

देशभर प्रकोपको रूपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरू अनुसन्धानमा खटिएका हुन्। उनीहरूले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा संकलन गरिरहेका छन्।

विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। अण्डा संकलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने अनुसन्धान कार्यक्रमका अधिकारी घनश्याम भण्डारीले बताए।

अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ। यसले पातको तल्लो भागमा अण्डा पार्छ। कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ। एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ। १५ देखि २१ दिनको जीवन अवधिमा यसले एक हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए।

“अण्डा सङ्कलन गरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ।” अण्डा संकलन आइपिएम विधि भएको उनी बताउँछन्। -रासस

Recent Comments

No comments to show.