कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।

लोकसेवा आयोगले कात्तिक र मंसिरमा सञ्चालन गर्नेगरि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्।

आर्थिक वष ०७६-७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।

दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।

Recent Comments

No comments to show.