काठमाडौं । बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो ।
सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी।एण्ड आर। उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ । इच्छुक उम्मेदवारले आजको मितिले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।
Comment