टाटा मोटर्सका सवारीसाधन खरिद गर्न सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने

टाटा मोटर्सका सवारीसाधन खरिद गर्न सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राजथपलिया र सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब टाटा मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यावसायिक प्रयोजनका सवारीसाधन खरिदमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने जनाइएको छ ।

सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने जनाइएको छ ।

Recent Comments

No comments to show.