महाधिवेशनमा केन्द्रित हुँदै राप्रपा

महाधिवेशनमा केन्द्रित हुँदै राप्रपा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टी एकतापश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ। 

आगामी २५-२८ वैशाखमा महाधिवेशन तय
गरेको राप्रपाले यसपटक सक्रिय सदस्यताको आधारमा प्रतिनिधि छनौट गर्ने
जनाएको छ। महाधिवेशनमा गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र,संघिय क्षेत्र
र जिल्ला अध्यक्षहरु स्वत: प्रतिनिधि हुनेछन्। 

प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य
समितिबाट ८ जना प्रतिनिधि छनौट गर्ने तयारी छ। महिला,जनजाति, उत्पीडित,
थारु र पिछडिएको वर्गबाट पनि प्रतिनिधित्व सुनिश्‍चित गराइएको राप्रपाले
जनाएको छ। महाधिवेशन प्रतिनिधि बन्नको लागि गाउँपालिका, नगरपालिका ,
उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सक्रिय
सदस्य संख्या निर्धारण गरिएको छ। 

पार्टी अध्यक्षत्रयको उपस्थितिमा हिजो
महाधिवेशन केन्द्रित विशेष कार्ययोजना तयार पारिएको छ। तल्लो तहसम्मको
संगठन निर्माण अहिलेको प्रमुख आवश्‍यकतासहित संगठन सुदृढीकरण अभियानलाई
देशव्यापी बनाउनुपर्नेमा जोड दिइएको केन्द्रीय सचिवालय सदस्य राजाराम
बर्तौलाले जानकारी दिए।

Recent Comments

No comments to show.